आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वडा न ७ को सल्लाहकार समितिको दोश्रो पूर्ण बैठक सम्पन्न

एपी खबर २०८० फागुन १४, सोमबार ( ५ महिना अघि) ४१८ पाठक संख्या

बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा न ७ को सल्लाहकार समितिको दोश्रो पूर्ण बैठक समपन्न भएको छ ।वडा न ७ को कार्यालय जीतपुरमा दोश्रो पूर्ण बैठक सोमबार समपन्न भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका वडा न ७ को वडाध्यक्ष सुनिल कुमार गुप्ताको अध्यक्षतामा बसेको बैठकमा सल्लाहकार समितिको सदस्यहरुको सहभागिता रहेको थियो ।

 

दोश्रो पूर्ण बैठकमा जीतपुरसिमरा उपमहानगरपालिका भित्र रहेका सार्वजनिक जग्गाको खोजि गरेर संरक्षण गर्नेमा पहल गर्ने निर्णय गरिएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका वडा न ७ ले फाल्गुन ४ गते वडा न ७ को सल्लाहकार समिति गठन गरेको थियो ।वडा भित्र संचालनमा रहेको योजना र संचालन हुन् बाकि रहेको योजना तथा वडालाई के कसरि अगाडी बढाउनको लागि सल्लाह र सुझावको आवश्यकता भएकोले नै वडा सल्लाहकार समिति गठन गरिएको वडाध्यक्ष सुनिल कुमार गुप्ताले बताउनु भयो ।

 

वडाध्यक्ष सुनिल कुमार गुप्ताको अध्यक्षतामा गठन भएको सल्लाहकार समितिको सदस्यमा ,खेदु प्रसाद कलवार,शिवजी साह सोनार,मनोज कुमार गुप्ता,प्रकाश गिरि,अनिल तिवारी,मोहमद अलि ठकुराई,अयुब आलम,देवी सापकोटा राजेन्द्र कंडेल,राजु कुमार सिंह,मणिर अन्सारी ,संजु देवी श्रीवास्तव सल्लाहकार समितिको सदस्यमा रहेको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस