आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको निजगढमा भएको शंकास्पद शक्तिशाली विस्फोटमा परि मृत्यु हुनेको संख्या ३ पुग्यो

एपी खबर २०८० फागुन १५, मंगलबार ( ५ महिना अघि) १५२ पाठक संख्या

बारा : बाराको निजगढमा भएको शंकास्पद शक्तिशाली विस्फोटमा परि मृत्यु हुनेको संख्या ३ पुगेको छ । निजगढ नगरपालिका वडा नम्बर ७ स्थित रोहित वर्कशपमा सोमबार दिउसो शंकास्पद शक्तिशाली विस्फोट हुदा वर्कशप संचालक निजगढ नगरपालिका वडा नम्बर ७ का ४३ वर्षीय रेशम मगर, भारतीय नागरिक राकेश जयसवाल र पर्सा वीरगन्ज घर भएका २० वर्षीय रितु रजतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घटनामा प्रहरीले हाल सम्म कवाड संचालक राज जैसवाल सहित ४ जनालाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको छ ।

 

विष्फोट भएको उक्त वस्तु के हो भन्ने बारेमा अझै खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले ग्यास बेल्डिङ मेसिनले शंकास्पद बस्तु काटने क्रममा विष्फोटन हुनपुगेको र थप अनुसन्धान कार्य जारी रहेको बताउनुभएको छ ।घटनामा ६जना घाईते भएका थिए भने २ जनाको सोमबारनै मृत्यु भएको थियो भने १ जनाको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।निजगढ नगरपालिका– ९ का कवाडी सञ्चालक राज जैसवालले ‘प्रोजोक्टाइल’जस्तै देखिने वस्तुमा भएको तामा निकाल्न ल्याएको र सो क्रममा उक्त वस्तु विस्फोट भएको प्रहरीको भनाइ छ ।

 

जैसवालले सुरुमा कवाडीमै तामा निकाल्न प्रयास गरे पनि नसकेपछि ग्यारेजको लेथमा ल्याएका थिए । घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरविन साह, पर्सा वीरगन्ज घर भएका ३४ वर्षीय फिरोद देवान र निजगढ नगरपालिका– ५ का ४५ वर्षीय सूर्यबहादुर थापा रहेका छन् । घाइतेमध्ये देवानको अवस्था सामान्य छ भने थापा उपचारपछि घर फर्किएका छन् । विस्फोट भएको उक्त वस्तु हेर्दा बमजस्तै देखिन्छ । यो प्रोजोक्टाइल हो वा अन्य विस्फोटक भन्ने परीक्षणपछि मात्र बताउन मिल्ने बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए ।

 

प्रतिक्रिया दिनुहोस