आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रथम जीतपुरसिमरा क्रिकेट कप : बर्षाको कारण बुधवारको खेल स्थगित

एपी खबर २०८० चैत्र ७, बुधबार (१ महिना अघि) ११५ पाठक संख्या

बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-४ औराहामा भईरहेको प्रथम जीतपुरसिमरा क्रिकेट कपमा बुधवारको खेल स्थगित भएको छ ।बुधवार बिहानै देखि पानि परेको कारण जनकपुर पिस फाउण्डेसन र खुकुरी क्रिकेट क्लब भैरहवा बीचको खेल स्थगित गरिको अभियान नेपालका संरक्षक त्रिलोक बिक्रमले बताए ।वर्षाका कारण प्रभावित भएको खेललाई बिहीबार सारिएको बताए ।

 

बर्षा नरोकिएका कारण बुधबारको खेल बिहीबार र बिहीबारको खेललाई शुक्रबार सारिएको शाहले जानकारी दिए ।राउण्ड रोबिनका आधारमा संचालित प्रतियोगितामा समूह ‘बी’ को दुई खेल बाँकी छ । यस समूहमा मकवानपुर, जनकपुर र भैरहवा छन् । समूह ‘बी’ को मंगलबार सम्पन्न पहिलो खेलमा मकवानपुरले जनकपुरलाई ३१ रनले पराजित गरेको थियो । समूहको दोस्रो खेलमा जनकपुर र भैरहवा भिड्नेछन् भने तेस्रो खेलमा मकवानपुर र भैरहवाबीच प्रतिस्पर्धा हुनेछ । समूह ए को बिजेता बन्दै पर्सा फाइनलमा प्रवेश गरिसकेको छ भने समूह बि बाट बिजेता बन्ने टोलीले पर्सा संग चैत १० गते फाइनल खेल्ने छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको आर्थिक सहयोग र अभियान नेपालको आयोजनामा उक्त प्रतियोगिता भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस