आज:  २०८१ माघ १०, बिहिबार | Thu, 23, Jan, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

बारा बाट ठुलो मात्रामा लागू औषध सहित एकजना पक्राउ

एपी खबर २०८१ बैशाख २, आईतबार ( ९ महिना अघि) १९५ पाठक संख्या

बारा ।बारा बाट ठुलो मात्रामा लागू औषध सहित एकजना पक्राउ परेका छन् । बाराको जितपुरसिमरा उप–महानगरपालिका वडा नं. १ पथलैयाबाट शुक्रबार राती ठूलो मात्रमा लागुऔषध रौतहटको एक जना युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नं.०३ गम्हरीया बस्ने २० बर्षका अनिल बैठा रहेको बारा प्रहरीले जनाएको छ ।

 

रौतहटको मौलापुरबाट काठमाडौँ जाँदै गरेको प्र.०३–००१ ख २७०१ नम्बरको रात्रीबसमा लुकाईछिपाई लैजाँदै गरेको गरिएको डाईजापाम–१०२ पाता (२५५० पिस),नाईट्राभेट–३११ पाता(४६६५ पिस) र नोरफिन–५० पाता(१२५० पिस) बैठाको साथबाट बरामद भएको बारा प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले बताए । पक्राउ परेका बैठालाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको डिएसपी न्यौपानेले बताए ।शुक्रबार पक्राउ परेका बैठालाई जिल्ला प्रहरी कार्यालय बाराले आईतबार सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस