आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

देखादेखि गल्ती ढाकछोपको सिफारिस नगरिदिनुहोला–प्रहरी उपरिक्षक खड्का

एपी खबर २०८१ बैशाख ३, सोमबार (२ हप्ता अघि) ५२ पाठक संख्या

बारा : बाराका प्रहरी उपरिक्षक महेन्द्र खड्काले तस्करी तथा हिंसा विरुद्ध शुन्य सहनशिलताको प्रयासमा प्रहरीलाई सघाउन बारावासीसँग आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालयमा सोमबार आयोजित जिल्लाका कृयाशिल सामाजिक तथा व्यवसायिक संघसंस्थाका प्रतिनिधीहरु सँग सुझाव लिने क्रममा उनले यस्तो आग्रह गरेका हुन् ।

 

 

बारामा आए देखि नै सरोकारवालाहरुसँग भेटघाट तिव्र बनाएका प्रउ खड्काले दोषिको रुपमा प्रहरी नै पाएपनि कारवाहिको दायरामा ल्याउने बताए । कहिंकतै गलत भएको पाए जानकारी गराउन सबैसँग आग्रह पनि गरेका छन् । उनले सुझाव वा गुनासो सहजरुपमा आफुसम्म आइपुगोस् भन्नका लागि जिल्ला प्रहरी कार्यालय परिसरमा गुनासो पेटिकाको व्यवस्थापन गर्ने जानकारी गराए ।

 

 

आम नागरिक बिना वर्दीको प्रहरी भएकोले नियम मिच्ने जो कोहिलाई कारवाहिको दायरामा ल्याउन वर्दीधारी प्रहरीलाई सहयोग गर्न प्रउ खड्काले अनुरोध गरे । उनले जानाजानी हेलमेट नलगाएको, लाइसेन्स ब्लुबुक साथमा नराखेको जस्ता गल्ति ढाकछोपको सिफारिस नगरिदिन पनि आग्रह गरे । यसले गलतलाई प्रस्रय दिने तथा पहुँचको दुरुपयोग हुने भएकोले यस्ता किसिमका सिफारिसलाई नमान्ने बताए ।

 

 

भेटमा सहभागिहरुले भन्सारमा घरायसी सामान ल्याउँदा झेल्नुपरेका आम जनताको समस्या प्रति गम्भिर भइदिन तथा लागूऔषध दुव्र्यसनीबाट युवालाई बचाउन विषेश ध्यान दिन सुझ्याएका थिए । भेटघाट कार्यक्रममा उद्योग वाणिज्य संघ बारा, नागरिक समाज, जनजागरण युवा क्लब, साथसाथ सिकाई सञ्जाल, समानता अभियान लगाएतका दर्जन बढि संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । सबैसँगको सुझाव समेट्दै प्रउ खड्काले बारामा शान्ति सुव्यवस्था कायम गर्न हरेकबाट सकारात्मक साथको अपेक्षा राखेकोमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस