आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदको नाराबाजी

एपी खबर २०८१ जेष्ठ ७, सोमबार ( २ महिना अघि) ६५ पाठक संख्या

नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । आजको बैठक सुरु हुनेवित्तिकै नेपाली कांग्रेसका सांसदहरू आसनबाट उठेर अवरोध गरेका हुन् । सभामुखले कांग्रेस सांसदहरूलाई बस्न गरेको आग् .

सभामुखले कांग्रेस सांसदहरूलाई बस्न गरेको आग्रह नसुनेर उनीहरू बेल घेर्न पुगेर नाराबाजी गरे । कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेपछि सभामुख घिमिरेले आज प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेकाले विषयसूची अनुसार छलफल र मतदानमा लैजाने वातावरण मनाउन अनुरोध गरे पनि उनीहरुले आसन ग्रहण गरेनन् ।

उनीहरुले संसदीय छानबिन समिति गठन गर, संसदीय मर्यादा कायम गर लगायतका नारा लगाउने काम जारी राखेछि सभामुखले १५ मिनेटका लागि संसद् बैठक स्थगित गरेका छन् । साभार अनलाईन खबर..

प्रतिक्रिया दिनुहोस