आज:  २०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिमरामा एक दिने क्षमता विकास तालिम सम्पन्न

AuthorAP Khabar२०७५ भाद्र १, शुक्रबार (५ साल अघि) ४८५ पाठक संख्या

सिमरा : एमाले बाराका प्रशिक्षण विभाग प्रमुख एवम समाजसेवी मनोज पौडेलले उपभोक्तालाइ सचेत नगराइ पारित गरीएको योजना कार्यन्वयन गर्न असजिलो हुने बताउनुभएको छ । बाराको सिमरामा शुक्रवार बारा क्षेत्र नं ६ अन्तरगतका उपभोक्ता समितिहरुलाई लक्षित गरी सम्पन्न एक दिने क्षमता विकास तालिममा उहांले सो कुरा बताउनु भएको हो ।जिल्ला विकास समितिको कार्यलय बाराको आयोजनामा भएको सो कार्यक्रममा समाजसेवी पौडेलले विकाश निर्माणका लागी पारित गरीएको योजना कार्यन्वयन गर्न उपभोक्ता सचेत हुन जरुरी रहेको र हाल संचालित यस कार्यक्रमले उपभोक्ता समितिहरुलाइ योजना सहि तरीकाले सम्पन्न गर्न सहयोग गर्ने कुरा बताउनु भएको थियो ।तालिममा उपस्थित उपभोक्ताहरुले भने विकाश निर्माणका कार्य गर्दा इट्टा, बालुवा र गिट्टी जस्ता समानको खरीद गरी भ्याट बिल परेको दाम भन्दा आधाी कमको पाउने भन्दै काम गर्न अप्ठयारो भएको र त्यसको समाधानका निमित संबन्धित निकायको ध्यान केन्द्रित गराउन आग्रह गरेका थिए ।
उपभोक्ताहरुले इट्टाको खरीद गर्दा २२ रुपैया तिर्ने गरेको तर इट्टाको साहुले ८ रुपैया भन्दा बढिको भ्याट बिल नदिएको गुनासो पोखेका थिए ।
कार्यक्रममा जिल्ला विकास समितिका लेखापाल कमलराज पौडेलले उपभोक्ता समितिका पदाधिकारीहरुलाई प्रशिक्षण दिदै नेपाल सरकारको नितिनियम भित्र रहि कार्य गर्न गराउन अनुरोध गर्नुभएको थियो ।
उपभोक्ताले पाएको योजना पुरा गरी रकम निकासा गराउन खैजदा धैरै धपेडी हुने बताउदै सहि तरीकाबाट बिल भरपाइ लयाए रकम निकासा गर्न समय नलाग्ने उनको भनाइ रहेको थियो ।
उनले इट्टा भट्टि बिरुध जिल्ला प्रशासन तथा आन्तिरीक कार्यलय सिमरामा लिखित जानकारी गराउदा समेत कुनै सुनवाइ नभएको बताउदै आफु आफ्नो अधिकार क्षेत्र बाहिर गएर काम गर्न नसक्ने र त्यसको लागी उपभोक्ताबाट सहि कदम जाल्न जरुरी रहेको जिकीर गरेको थिए ।
कार्यक्रमको समापनमा सहभागीका तर्फबाट कृष्णप्रसाद खरेल र कमला घिमिरेले आफ्ना भनाइ राख्नुभएको थियो भने कार्यक्रममा योजना शाखाका विरेन्द्र वाइबा, सुचना तथा समाजिक विकास शाखाका रमेश सापकोटा र स्थानिय विकाषका रामरुप राम लगाएत उपभोक्ताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस