आज:  २०८२ माघ ४, शनिबार | Sat, 17, Jan, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल सहकारी पत्रकार समाज बाराको पहिलो बैठक सम्पन्न

AuthorAP Khabar २०७५ भाद्र १, शुक्रबार ( ७ साल अघि) ७४१ पाठक संख्या

सिमरा : नेपाल सहकारी पत्रकार समाज बाराको पहिलो बैठक शुक्रवार बाराको सिमरामा सम्पन्न भएको छ । बाराको सिमरा स्थित हातेमालो साकोसको सभाहलमा सो बैठक सम्पन्न भएको हो ।
बैठकले समाजलाइ केन्द्रिय समीती संग समन्वय गरी जिल्लाका साझेदार संथाहरुको समन्वयमा आफ्ना विभिन्न गतिबीधी अगाडि बढाउने निर्णय गरेको छ । साथै सहकारी पत्रकार समाजले जिल्लामा पत्रकारहरुको लागी तिन दिने पत्रकारीता तालिम आयोजनाको गर्ने, आफ्नो फेसबुक पेज एवम इमेल संचालन गर्ने, सहकारी मासिक पत्रीका संचालन गर्न अध्यन्न गर्ने निर्णय गरेको समाजका सचिव कृष्ण सिग्देलले जानकारी दिए ।
समाजका अध्यक्ष पुष्प राज खतिवडाको अध्यक्षतामा बसेको बैठकमा समाजका सहसचिव विदुर खड्का, सदस्य लक्ष्मि पाण्डे, सल्लहकार तथा नेफ्स्कुन संचालक कृष्ण पौडेल, प्रेस चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारी लगायत अन्य अतिथीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस