आज:  २०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२ वर्ष भित्र नेपाल धान बालीमा आत्मनिर्भर हुने : पुर्व खेलकुद मन्त्रि पौडल

AuthorAP Khabar२०७५ भाद्र १, शुक्रबार (५ साल अघि) ५६५ पाठक संख्या

डुमरवाना :  बारा क्षेत्र नं ६ का सांसद एवम पुर्व खेलकुद मन्त्रि पुरुषोतम पौडेलले २ वर्ष भित्र नेपाललाइ धानमा आत्मनिर्भर बनाउने तैयारीमा सरकार लागी परेको बताउनु भएको छ । बाराको डुमरवानामा बुधवार १३ औं राष्ट्रिय धान रोपाइ तथा दहि चिउरा खाने कार्यक्रमलाइ सम्बोधन गर्दै उहांले सो कुरा बताउनु भएको हो ।
यस वर्षको धान दिवस ‘व्यावसायिक धान खेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ भन्ने नाराका साथ मनाइएको बताउदै कृषिमै नेपाललाइ आत्मनिर्भर बनाउन सरकारले विशेष कार्यक्रम ल्याएको र आउदो साउनबाट सो कार्यक्रम सञ्चालनमा आउने उहांले जानकारी गराउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका सांसद पौडेलले नेपाललाइ कृषिमा सम्बृद्ध बनाउन सरकारले पकेट क्षेत्र, ब्लक क्षेत्र, जोन र सुपर जोन क्षेत्रको निति अनुसार अगाडी बढेको बताउनु भएको थियो ।
उहांले २ नम्बर प्रदेशकै सुपरजोन सिम्रोनगढलाइ र डुमरवाना लगाएत बाराका अन्य केहि गाविसलाइ पकेट क्षेत्र घोषणा गरी कृषीमा नेपाललाइ आम्मनिर्भर बनाउन बाराली कृषकबाट नेपाल सरकारले ठुलो आश गरेको जानकारी गराउनु भयो ।
समाज सुधार कृषि सहकारी सस्था लि.को आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुङ्गेलले बारा जिल्ला कृषिको क्षेत्रमा तराइमै अग्र स्थानमा रहेको र सरकारले पनि यस जिल्लाको कृषिमा भरोष गरेको भन्दै युवावर्गलाइ पनि आधुनिक कृषिमा लाग्न आग्रह गर्नुभयो ।
सस्थाका अध्यक्ष नारायणदत अधिकारी र जिल्ला कृषि कार्यलय बाराका प्रमुख जितेन्द्र यादबको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व सभासद जयराम दहाल, नेकपा एमालेका मनोज पौडल, नेकपा माओबादि केन्द्रका क्षेत्र बहादुर श्रेष्ठ (अनिल), नेफ्कुनका संचालक कृष्ण पौडेल, जिल्ला प्रहरी कार्यलयका प्रमुख नरेन्द्रप्रसाद उप्रेती, राष्ट्रिय अनुसन्धान प्रमुख अच्युत पन्त, सशस्त्र प्रहरीका प्रहरी नायब उपरिक्षक निरङ्कार सुुक्ला, डिभिजन सहकारी कार्यलय बाराका प्रमुख कुलोतम पोखरेल, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानिपुरका प्रदिप साह, साना किसान कृषि सहकारी संघका अध्यक्ष शिव अधिकारी, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतम, स्थानिय समाजसेवि लगाएत कृषकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
धान नेपालको प्रमुख खाद्यान्न बाली हो । देशको अर्थतन्त्रमा यसले उल्लेखनीय भूमिका खेलेको छ । कुल ग्राहस्थ उत्पादनको ७ प्रतिशत, कृषिमा २० प्रतिशत र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धानबालीले योगदान र्पुयाएको छ । कृषि विभागका अनुसार नेपालमा झण्डै १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।
सहकारीले उपस्थित सबैलाइ आफुले कृषिमा गरेको अधुनिकिकरणको बारेमा स्थलगत अवलोकन, सभा, खेतमा धान रोप्ने तथा दहि चिउरा खाने कार्यक्रको आयोजना गरेको थियो ।
स्थलगत अवलोकनमा आधुनिक मेसिनको प्रयोगले घान रोप्ने, काट्ने तथा सुरक्षित राख्ने तरीकाको बारेमा जानकारी गराइएको थियो ।
सस्थाका ब्यवस्थापक रविन्द्रराज भण्डारीको संचालनमा सम्पन्न कार्यक्रममा स्वागत सस्थाका कोषध्यक्ष रामचन्द्र लामीछानेले गर्नु भएकोथियो ।

प्रतिक्रिया दिनुहोस