आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नयां संविधानलाइ कागजी खोस्टामा मात्र सिमित नराख्न राज्य मन्त्ति साहीको आग्रह

AuthorAP Khabar २०७५ भाद्र २, शनिबार ( ५ साल अघि) ५२८ पाठक संख्या

सिमरा : नेपाल सरकारका स्थानिय संघिय मामिला तथा स्थानिय विकास राज्य मन्त्रि कुन्ति कुमारी साहीले नेपालको नयां संिवधानलाइ कागजी खोस्टामा मात्र सिमित नराख्न सबैमा आग्रह गुर्न भएको छ । बाराको सिमरामा गढिमाइ नगरपालिकाद्धारा आयोजित दलित, विपन्न नागरीकलाइ आयआर्जनका लागि चेक हस्तान्तरण कार्यक्रमलाइ सम्बोधन गर्दै उहांले सो कुरा बताउनु भएको हो ।
नेपालको नयां संविधानमा दलित र महिलाको अधिकार विशेस रुपमा समावेस भएको बताउदै मन्त्रि साहीले संिवधानलाइ कागजी खोस्टामा मात्र सिमित नराखि कार्यन्यनमा ल्याउन सबैमा आग्रह गर्नुभएका छ ।
संविधान निर्माण पश्चात देशमा आर्थिक क्रान्ति ल्याउन सरकारले शिक्षा र लक्षित वर्ग विशेष कार्यक्रमलाइ अगाडी बढने निती बनाएको समेत उहांले बताउनु भयो ।
वितरण गरीएको रकमलाइ सहि ठाउंमा सदुपयोग गरे आफु मात्र नभै समाज, जिल्लाका साथै राष्ट्र निर्माण हुने भएकोले ब्यवसायमा लगानि गर्न दिइएको रकमलाइ सहि काममा खर्च गर्न सबैमा आनुरोध गर्नुभएको थियो ।
उहांले समाजमा देखिएको विभेदकारी नितीलाइ अन्त्य गर्न सरकारले लक्षित वर्गकालागी विशेष कार्यक्रम ल्याएको र हाल वितरण गर्न लागीएको बजेट पनि त्यहि नितीको एउटा उदाहरण भएको जिकीर गर्नु भयो ।
कार्यक्रमलाइ सम्बोधन गर्दै स्थानिय विकास अधिकारी नारायण प्रसाद पाण्डेले बारा जिल्लालाइ सरकारले कृषिको लागी विशेष प्रथमिक्ता दिएको बताउदै आउदो आर्थिक वर्षबाट कृषिको क्षेत्रमा विशेष कार्य अगाडी बढने जानकारी गराउनुभएको थियो ।
उहांले बातावरणबाट सर्वसाधारण जनतामा पर्न गएको असरलाइ कम गर्ने कडा नियमको आवश्यक्ता रहेको बताउनु भयो । फोहर फैलाउने उद्योगीहरुलाइ निस्चित समय दिइ फोहर ब्यवस्थापन गर्न लगाउने र नटेरे जरीवाना तथा कारवाहिको दायरालाइ फराकिलो बनाएर आफु अगाडी बढने उहांले भनाइ रहेको छ ।
गढिमाइ नगरपालिकाका कार्यकारी अधिकृत नाथु साहको सभापत्तिवमा सम्पन्न कार्यक्रममा साहले वर्ष भरी गरेका कार्यहरुको सारसंक्षेपमा सबैलाइ जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी शाहीले दलित र महिलाहरुलाइ ब्यवसाय संचालन गर्न नगरपालिकाद्धारा जारी गरीएको चेक प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा नगरपालिकाका संदेश सिहंले सहजिकरण गर्नुभएको थियो भने स्वागत मन्तब्य नवराज ढुङ्गेलको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस