आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ज्येष्ठ नागरिकको वृद्धभत्ता बढाउन सरकारले पूरक बजेट ल्याउने

AuthorAP Khabar २०७५ भाद्र २०, बुधबार ( ५ साल अघि) ५०५ पाठक संख्या

काठमाडाैं  : ज्येष्ठ नागरिकहरुले पाउँदै आएको वृद्धभत्ता बढाउन सरकारले पूरक बजेट ल्याउने तयारी थालेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले ल्याएको बजेटले नेकपाको चुनावी प्रतिवद्धताअनुरुप ज्येष्ठ नागरिकलाई सम्वोधन गर्न बजेट तयारी थालेको नेकपाका एक नेताले जानकारी दिएका छन् ।

पूरक बजेट ल्याएर वा अन्य कुनै उपायले भए पनि नेकपाले गरेको प्रतिवद्धता सम्वोधन हुनैपर्ने नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बताउँदै आउनुभएको ती नेताले जनाएका छन् ।

पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्नै निवासमा हिजो भेला भएका पत्रकारहरुसँग कुरा गर्दै जनता माझ आफूले गरेका प्रतिवद्धता (बजेटमा) आएन भनेको गुनासो बढेको बताउनुभएको थियो । बूढाबूढी हुँदै गएपछि थोरैको पनि माया हुने बताउँदै दाहालले घरमा राम्रै आम्दानी र सम्पत्ति भए पनि सरकारले दिने भनेको दुई-तीन हजार रुपैयाँप्रति असाध्यै मोह देखिने गरेको बताउनुभएको थियो ।

सय रुपैयाँबाट सुरु भएको वृद्धभत्ता दिँदा आशिर्वाद दिने बूढाबूढीहरुले अहिले जिल्लामा जाँदा सराप दिन थालेको बताउँदै पाँचसय मात्रै थपिदिए उहाँहरु खुसी हुने दाहालको भनाइ थियो । (जनता समाचार)

 

प्रतिक्रिया दिनुहोस