आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल कम्युनिष्ट पार्टीको एकिकरण प्रक्रिया लम्बिने

AuthorAP Khabar २०७५ भाद्र २९, शुक्रबार ( ५ साल अघि) ५४३ पाठक संख्या

काठमाडाैं २९ भाद्र  : नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ले पार्टीको सांगठनिक एकीकरणको विषयमा सहमति जुटाउने जिम्मेवारी दुई अध्यक्षलाई दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहटीबार बसेको सचिवालय बैठकमा सांगठनिक एकीकरणको विषयमा छलफल भएको र यसको निर्णय गर्ने जिम्मा दुई अध्यक्षलाई दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

शुक्रबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच थप छलफल हुने र सांगाठनिक विषय टुँगो लाग्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो । यसअघि सचिवालयले टुंगो लगाएको पार्टीको सांगठनिक एकीकरण सम्बन्धी सहमतिलाई स्थायी समिति बैठकले अनुमोदन गर्ने निर्णय गरेको थियो । (उज्यालो अन्लाईन)

प्रतिक्रिया दिनुहोस