आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चक्रपथमा मोनोरेल चलाउन एक खर्ब १६ अर्ब लाग्ने

AuthorAP Khabar २०७५ भाद्र २९, शुक्रबार ( ५ साल अघि) ५४२ पाठक संख्या

 काठमाडौं २९ भदौ : काठमाडौंको चक्रपथमा मोनोरेल निर्माणका लागि एक खर्ब १६ अर्ब लागत लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ । चक्रपथमा मोनोरेल निर्माण गर्न सम्भव रहेको दावी सहित चिनियाँ कम्पनी सिआरसिसीले प्रारम्भिक अध्ययन प्रतिवेदन दिएको हो ।

बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सिआरसिसीले काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदन अनुसार मोनोरेल निर्माणका लागि एक खर्ब १६ अर्ब लागत लाग्ने बताइएको छ ।

सिआरसिसीले मोनोरेल निर्माणका लागि लागि काठमाडौं महानगर र ललितपुर महानगरसँग सम्झौता गरेको थियो । मे २५ मा ६ महिनाभित्र प्रारम्भिक अध्ययन सक्ने गरी सम्झौता भएकोमा सिआरसिसीले तीन प्रारम्भिक अध्ययन सकेर प्रतिवेदन बुझाएको काठमाडौं महानगरपालिकाका सार्वजनिक नीजि साझेदारी महाशाखा प्रमुख महेश काफ्लेले जानकारी दिए ।

मोनोरेल सञ्चालनका लागि भौगोलिक वातावरण समेत सबै प्रकारले उपयुक्त हुने चिनियाँ कम्पनीको दावी छ । प्रतिवेदन अनुसार आयोजनाको डीपीआर निर्माणको लागि ६ महिना लाग्ने र त्यसको ३ वर्षपछि मोनोरेल बनाइसक्ने भनिएको छ ।

चक्रपथको सडकमाथिको कुल २७ दशमलब ५ किलोमीटरमा २१ स्थानमा यात्रु चढाउने र ओराल्ने स्टेशन रहने गरी मोनोरेल निर्माण गर्ने प्रतिवेदनमा उल्लेख छ । जस अनुसार मोनोरेलको स्टेशन कोटेश्वर(कलंकी, कलंकी(महाराजगञ्ज, महाराजगञ्ज(कोटेश्वर गरी तीन खण्डमा हुनेछ ।

चक्रपथमा इपीसीएफ मोडलबाट सञ्चालन हुने भनिएको मोनोरेल दुई वा पाँच वर्ष सम्पूर्ण प्राविधिक सेवासहित सञ्चालन निर्माण कम्पनीले नै गर्नेछ । उक्त अवधिमा काठमाडौं र ललितपुर महानगरपालिकाले सिआरसिसीलाई वाषिर्क रुपमा स्म्झौता अनुसारको रकम बुझाउनेछन् । (अनलाईन खबर)

प्रतिक्रिया दिनुहोस