आज:  २०८२ चैत्र १, आईतबार | Sun, 15, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

कालो दिवस र संविधान दिवस दुबै मनाउँदैनौंः उपेन्द्र यादव

AuthorAP Khabar २०७५ आश्विन २, मंगलबार ( ७ साल अघि) ६२० पाठक संख्या

सप्तरी, २ असोज : उपप्रधान एवं स्वास्थ्यमन्त्री एवंव संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान दिवसलाई कालो दिवसका रुपमा नमनाउने बताएका छन् ।

आफूसहित पार्टीबाट निर्वाचित भएकाहरुले संविधानको रक्षा गर्ने शपथ लिएकाले यस दिनलाई कालो दिवस नमनाइने उनले बताए । साथै, संविधान दिवस पनि नमनाउने उनले स्पष्ट पारे ।

‘कालो दिवस मनाउन नैतिकताले दिदैंन,’ सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा यादवले भने, ‘हामी कालो दिवस मनाउँदैनौं, संविधान दिवस पनि मनाउँदैनौं ।’

वैधानिक प्रकृयामा अगाडि बढिसकेको बताउँदै अध्यक्ष यादवले भने, ‘यही संविधान अन्तर्गत स्थानीय तहको चुनाव लड्यौं, प्रतिनिधि र प्रदेशसभाको चुनाव लड्यौं र तीनै तहको सरकारमा छौं, त्यसैले अबको आन्दोलन संसदीय संघर्षको बाटोबाट हुन्छ ।’

विगतमा भएका उपलब्धीको रक्षा गर्दै यही प्रकृया अन्तर्गत संविधानमा रहेका त्रुटीहरु हटाउँदै अघि बढ्नेछौं । उनले संविधान संशोधन नभएसम्म संविधान दिवस पनि नमनाउने बताए ।

पार्टीको प्रदेश समितिले आइतबार संविधान दिवसलाई कालो दिवस मनाउने र ब्ल्याक आउट गर्ने निर्णय गरेको जिज्ञासामा यादवले भने, ‘हाम्रो पार्टीले कुनै निर्णय नै गरेको छैन् ।(अनलाइन ख़बर)

प्रतिक्रिया दिनुहोस