आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

संसदबाट पारित मौलिक हकसम्बन्धी ‘१६ विधेयक प्रमाणीकरणको प्रक्रियामा’

AuthorAP Khabar २०७५ आश्विन २, मंगलबार ( ५ साल अघि) ६२१ पाठक संख्या

काठमाडौं, २  असोज : संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाले मौलिक हक कार्यान्वयनसँग सम्बन्धित १६ ओटा विधेयकलाई पारित गरेका छन् ।

संघीय संसद सचिवालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा सभामुख कृष्णबहादुर महराले मौलिक हक कार्यान्वयनसँग सम्बन्धित १६ ओटा विधेयक सदनले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको जानकारी दिए ।

सभामुख महराले विधेयक पारित गराउन सरकार, राजनीतिक दलको सहयोगप्रति धन्यवाद दिँदै आवश्यक सबै प्रक्रिया पूरा गरेर विधेयक पारित भएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले हालसम्म संसद सचिवालयमा ३२ विधेयक दर्ता भएको जानकारी दिँदै चिकित्सा शिक्षा र नागरिकतासम्बन्धी विधेयक पनि चालू अधिवेशनबाटै पारित हुनसक्ने जानकारी दिए ।

हालसम्म १६ ओटा विधेयक पारित भएको र अब प्रतिनिधिसभामा ७ र राष्ट्रियसभमा तीनओटा विधेयक बाँकी छन् ।संविधानमा मौलिक हक कार्यान्वयनसम्बन्धी कानुन यही असोज २ गतेभित्र निर्माण गरिसक्नुपर्ने व्यवस्था छ ।(इमेज खबर )

प्रतिक्रिया दिनुहोस