आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जनकपुरधाममा डा.सिके राउतको भव्य प्रर्दशन, प्रहरी मुख दर्शक

AuthorAP Khabar २०७५ आश्विन ३, बुधबार ( ५ साल अघि) ६३९ पाठक संख्या

जनकपुरधाम, ३ असोज : स्वतन्त्र मधेश गठवन्धनले “चलु जनकपुर भरु” भन्ने कार्यक्रम जनकपुरमा भब्य रुपमा सफल पारेको छ । विगत एक महिनादेखि भुमिगत रहेका डा. सिके राउतद्वारा संचालित स्वतन्त्र मधेश गठवन्धनको पुर्व घोषीत कार्यक्रम आज जनकपुरमा सफल भएको हो ।
कार्यक्रम सफल बनाउन डा. सिके राउत दिउसो ३ बजे जनकपुरको रामानन्द चोकमा करिब ३० मिनेट भाषण गरेका थिए । संबोधनका क्रममा उनले मधेशलाई छुट्टै देश बनाउने कुरामा जोड दिएका थिए ।
प्रहरी मुख दर्शक
विगत एक महिनादेखि प्रहरीले खोज्दै आएको सिके राउत जनकपुरको मुख्य चोकमा आएर भाषण गर्दै गर्दापनि प्रहरी मुख दर्शक बनेर बसेका थिए । संविधान प्रतिको असंतुष्टि जनाउदै जनकपुरधाममा सिके राउतको पक्षमा आएका उनका समर्थकहरुको संख्या धेरै भएपछि प्रहरी त्यहाँ मुख दर्शक बनेको हो ।
राजपाको प्रदर्शन फितलो
संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने राजपाको कार्यक्रम जनकपुरमा फितलो देखिएको छ । राजपाको पकडको रुपमा रहेको प्रदेश नम्बर २ को राजधानि जनकपुरधाममा राजपाको कार्यक्रम फितलो देखिएको हो ।
संविधान दिवस असोज ३ मा कालो दिन मनाउने भनिएको राजपा नेपालको पुर्व घोषीत कार्यक्रममा राजपाका समर्थकहरु नआएपछि प्रदेश नम्बर २ को राजधानि जनकपुरमा कार्यक्रम फितलो भएको हो ।

प्रतिक्रिया दिनुहोस