आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

संविधान दिवस २०७५ को अवसरमा बाराको भलुहि चोकमा दिप प्रज्वलन

AuthorAP Khabar २०७५ आश्विन ३, बुधबार ( ५ साल अघि) ६९९ पाठक संख्या

प्रसौनि, ३ असोज
संविधान दिवस २०७५ को अवसरमा बाराको भलुहि चोकमा दिप प्रज्वलन कार्यक्रम कार्यक्रमको आयोजना गरीएको छ । बारा क्षेत्र नम्बर ४ (ख) बाट प्रदेश सभाका उमेदवार समेत रहनुभएका नेकपा नेता उमेश कुश्वाहाको नेतृत्वमा सो कार्यक्रमको अयोजना गरीएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता कुश्वाहाले नेपाली जनताको लामोे बलिदानबाट प्राप्त भएको यो संविधान एैतिहासिक भएको बताउनुभएको छ । उहाँले संविधानमा टेकेर सत्तामा जाने र संविधान नमान्ने दोधारे चरित्र देखाउने नेताले जनतालाई गुमराह बनाईरहेको बताउदै सविधान संसोधन गरी जनताको माग पुरा गराउन लाग्न असंतुष्टहरुलाई आग्रह समेत गर्नुभयो ।
दिप प्रजवलन कार्यक्रममा संविधानका समर्थक एवम नेकपाका कार्यकर्ताहरुको ब्यापक उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस