आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मधेशको मांग संबोधन नभए सम्म संविधान पुर्ण नहुने राजपा अध्यक्ष ठाकुर

AuthorAP Khabar २०७५ आश्विन ३, बुधबार ( ५ साल अघि) ४७६ पाठक संख्या

बीरगन्ज, ३ असोज
राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेशको मांग संबोधन नभए संविधान पुर्ण नहुने बताउनुभएको छ । पर्साको विरगंजमा संविधान दिवसको दिन राजपाले निकालेको विरोध सभालाई सम्बोधन गर्दै राजपाका अध्यक्ष ठाकुरले मधेसीको छातीमा गोली हानेर बनेको यस संविधानमा मधेशको मुद्धा सम्बोधन नभएसम्म संविधान पुर्ण नहुने बताउनुभएको छ ।
उहाँले संघर्ष अझै पनि नछोडेको बताउदै मधेशको मुद्धा सम्बोधन नभएसम्म संघर्ष जारी राख्ने जिकीर गर्नुभयो । मधेश आन्दोलनको मांग र मधेशका मुद्धा अहिलेपनी संविधानमा समावेश नभएकोले संविधान संसोधन गरेर मधेशको मांग सम्बोधन नगरे सम्म हाम्रो आन्दोलन जारी रहने राजपा अध्यक्ष ठाकुरले दाबी गर्नुभयो ।
विरोध सभामा राजपा नेपालका सह अध्यक्ष लक्षमणलाल कर्ण, संघिय सांसद एकबाल मिया,प्रदेश सांसद रमेश कुर्र्मी, केन्द्रिय नेताहरु राजेशमान सिंह, नेजामुदीन सम्मानी लगाएतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस