आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सवारी चालकहरुको बन्दको सम्पुर्ण कार्यक्रम फिर्ता

AuthorAP Khabar २०७५ आश्विन ५, शुक्रबार ( ५ साल अघि) ७९८ पाठक संख्या

काठमान्डौं, ५ असोज
नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समिति र सरकारी वार्ताटोली बिच भएको सहमति पश्चात सवारी चालकहरुको बन्दको सम्पुर्ण कार्यक्रम फिर्ता भएको छ ।
गत असोज २ गतेबाट सवारी साधन घर ग्यारेजमा थन्काएर १५ बुँदे माग सहित आन्दोलनमा उत्रिएको समितिको केन्द्रिय टोलीसंग विहिबार बारामा भएको प्रारम्भिक छलफलपछि शुक्रबार सवारी चालक संघर्ष समिति वार्ताका लागि तयार भएको थियो ।
आन्दोनरत संघर्ष समिति र सरकारी वार्ताटोली विच शुक्रवार मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएको सवारी ज्यान मुद्दा सम्बन्धि व्यवस्थाको परिमार्जन र संसोधनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कानुन न्या तथा संसदिय मामिला मन्त्रालय मार्फत आवश्यक कानुन संसोधनको प्रकृया अघि बढाउने, सवारी दुर्घटना पछि घटनाको निष्पक्ष छानविन समिति गठन गर्ने र दुर्घटना छानविनका लागि गठित समितिमा सवारी चालकको समेत प्रतिनिधि समावेश गर्ने सहमती भएको नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिका केन्द्रिय संयोजक बसन्त शर्माले जानकारी दिनुभयो ।
उहाँले चारदिन देखिको आन्दोलनका क्रममा विभिन्न जिल्लामा हिरासतमा रहेका सवारी चालकहरुलाई शुक्रबार नै विनाशर्त रिहा गर्ने तथा शुक्रबार साँझबाट सवारी साधन सञ्चालन गर्ने विषयमा पनि सहमती भएको जानकारी दिनुभएको छ ।
सहमती पत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिब शेषराज अधिकारी, गृह सचिब प्रेमकुमार राई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिब मधुसुदन अधिकारी र कानुन न्याय तथा संसदिय मामिला मन्त्रालयका सचिब राजिव गौतम तथा संघर्ष समितिका तर्फबाट संयोजक वसन्त शर्मा र सहसंयोजक अर्जुन अधिकारीले हस्ताक्षर गर्नुभएको छ ।
शुक्रबार सिंहदरवारमा भएका वार्तामा समितिले उठाएका माग पुरा गराउने विषयमा सरकारी वार्ता टोलीसंग लिखित रुपमा ८ बुँदे सहमती भएपछि नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले असोज २ गतेदखि गर्दै आएको बन्दका सबै कार्यक्रम फिर्ता लिएका हुन् ।
सरकारले जारी गरेको सवारी ऐन यातायात मजदुरमैत्री नभएको भन्दै संघर्षमा उत्रिएको नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिसंग बारामा बिहिवार सहमति भएपनि केन्द्रिय स्तरबाट सहमती नभएसम्म आन्दोलन नरोकिने भन्दै चालकहरु आन्दोलनलाई जारीनै राखेका थिए ।

प्रतिक्रिया दिनुहोस