आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाली जनताले अझैपनि लोकतन्त्रको अनुभुती गर्न नसकेको प्रदेश आर्थिक मामिला मन्त्रि यादब

AuthorAP Khabar २०७५ आश्विन ६, शनिबार ( ५ साल अघि) ७७३ पाठक संख्या

सिमरा, ६ असोज  : प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्रि बिजय यादबले नेपाली जनताले अझैपनि लोकतन्त्रको अनुभुती गर्न नसकेको बताउनुभएको छ । बाराको सिमरामा राष्ट्रमार्ग राष्ट्रिय सप्ताहिकको छैठौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले सबै पार्टिको आ–आफ्नौ राजनितीक योजना भएपनि देशमा समानता नआनएसम्म लोकतन्त्र स्थापित नहुने र जनताले समेत लोकतन्त्रको अनुभुती गर्न नसने बताउनुभएको हो ।
कार्यक्रमका प्रमुख आतिथी समेत रहनुभएका मन्त्रि यादबले जनतालाई सहि रुपमा लोक्तन्त्रको अनुभुत गराए कुनैपनि शक्तिले देशको राष्ट्रिय एकता र अखण्डतालाई तोड्न नसक्ने बताउनुभएको छ । देश अझैपनि राजनितीक संक्रमण कालमा रहेको चर्चा गर्दै राज्यमा जनतालाई सहि रुपमा लोक्तन्त्रको अनुभुत गराए कुनैपनि शक्तिले देशको राष्ट्रिय एकता र अखण्डतालाई तोड्न नसक्ने बताउनुभएको हो ।
आर्थिक मामिला तथा योजना मन्त्रि यादबले देशको प्रधानमन्त्रि सदनमा आउँदा सम्मान नगरेको प्रति असम्तुष्टि समेत ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “सदनमा आउने केपी ओली होईन देशका प्रधानमन्त्रि हुन्, आफ्नो देशको प्रधानमन्त्रिलाई सम्मान गर्न नजाने के को लोक्तन्त्र, अनि कस्तो लोक्तान्त्रिक चरित्र ?”

“सदनमा आउने केपी ओली होईन देशका प्रधानमन्त्रि हुन्, आफ्नो देशको प्रधानमन्त्रिलाई सम्मान गर्न नजाने के को लोक्तन्त्र, अनि कस्तो लोक्तान्त्रिक चरित्र ?”

उहाँले विभिन्न समाजिक संजालबाट प्रदेश सरकारले कर बढाएर जनतालाई दुःख दिन खोजेको कुरामा कुनै सत्यता नभएको बताउदै त्यसतो झुठो प्रचारबाजि नगर्न सञ्चारमाध्यमलाई आग्रह समेत गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्रि यादबले प्रदेश नम्बर २ को विकासका लागि प्रदेश सरकारले चार ओटा मुख्य योजना बनाएर अगाडी बढेको बताउनुभएको छ । उहाँले “बेटि पढाउँ बेटि बचाउ”, “स्वच्छता अभियान”,“एक जिल्ला एक कृषि कोल्ड स्टोर अभियान” र “एक जिल्ला एक दलित छात्रवास योजना” गरी यी चारओटा योजना प्रदेश सरकारको मुख्य योजना रहेको बताउनुभयो ।
यसैगरी कार्यक्रममा बोल्दै प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य सुन्दर विकले संचारक्षेत्र आफ्नो दायीत्व बोध गर्दै काम गर्न सबै संचारमाध्यमलाई आग्रह गर्नुभयो । विश्वनै संचारमा निरभर भै रहेको बेला नयाँ प्रविधि र संचारसंग अपग्रेड नहुने ब्यक्तिले कहिलै प्रगति गर्न नसक्ने र संचारक्षेत्रलाई राज्यले गम्भिर रुपमा ध्यान जान जरुरीरहेको कुरामा जोड दिनुभयो ।
यता जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेलले राजनितीक संक्रमणको यो अवस्थामा संचार क्षेत्र समाजको दर्पणको रुपमा प्रस्तुत हुन आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रमार्ग राष्ट्रिय सप्ताहिकका अध्यक्ष रामबिनय साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल आर्मीका बाहिनिपति जर्नेल बिनय बिक्रम राण, सिमरा विमान स्थलका प्रमुख हिराजन काफ्ले, विधुत प्राधिकरण सिमराका प्रमुख रोहिणी पौडेल, स्थानिय नेता अफताब आलम लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस