आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कृष्णनगरको कर्फ्यू १२ बजेसम्मका लागि हट्यो

AuthorAP Khabar २०७५ कार्तिक ६, मंगलबार ( ५ साल अघि) ५३४ पाठक संख्या

कपिलवस्तु, कात्तिक ६ : जिल्लाको कृष्णनगरमा लगाइएको कर्फ्यू अहिले बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि हटाइएको छ । मूर्ति विसिर्जनको विषयलाई लिएर दुई समूहबीच भएको विवादपछि उत्पन्न परिस्थिति नियन्त्रण गर्न आइतबारदेखि कृष्णनगरमा कर्फ्यू लगाइँदै आएको छ ।

स्थिति सामान्य बन्दै गएपछि मंगलबार बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले जनाएको छ । अवस्था हेरेर कर्फ्यूबारे थप निर्णय हुने प्रशासनको भनाइ छ ।

कर्फ्यू हटेपछि कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ । कृष्णनगर बजार क्षेत्रमा शनिबार दुर्गा पूजाको मूर्ति विसर्जन गर्ने क्रममा स्थानीय दुई पक्षबीच विवाद भएको थियो । आइतबार कडा सुरक्षाका बीच दुर्गा पूजाको मूर्ति विसर्जन गरिएको थियो ।

 

(अनलाईन खबर)

प्रतिक्रिया दिनुहोस