आज:  २०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एमसीसी खारेजीको माग गर्दै मार्ईतीघरदेखी नयाँ वानेश्वरसम्म मार्चपास

सुप्रिया ढकाल २०७८ भाद्र २६, शनिबार (२ साल अघि) ३६० पाठक संख्या

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोध गर्दै एक समुहले आज काठमाडौंमा प्रदर्शन गरेको छ । बुधबार संसद बैठक बस्ने तयारी भइरहँदा स्वतन्त्र युवा अभियन्ताहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

 

भाडावाल सरोकार समाजलगायतका विभिन्न संस्थाको अगुवाइमा उक्त समूहले एमसीसी सम्झौता संसदबाट अनुमोदन नगर्न खबरदारी गर्दै प्रदर्शन गरेको हो । कालो बस्त्र लगाएका युवाहरुको समूहले एमसीसी खारेज गर्नुपर्ने माग गर्दै नारावाजी सहित माइतीघरदेखि नयाँ वानेश्वरसम्म प्रदर्शन गरेको थियो ।

 

उनीहरुले एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैनलगायत एमसीसीको विरोधमा विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेका थिए । नो एमसीसी लेखेको टिसर्ट लगाएका थिए । काठमाडौँका विभिन्न स्थानमा यसअघि देखि नै एमसीसीको विरोधमा प्रदर्शन हुँदैआएको छ । सरकारले भने हिंसात्मक गतिविधि नहोस् भनेर माइतीघर, बानेश्वर लगायत स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।

 

बुधबार ४ बजे संसद बैठक बस्दैछ । संसदमा बिचाराधीन मुद्दाको रुपमा रहेको एमसीसीलाई अनुमोदन गर्नुपर्ने र अनुमोदन गर्न नहुने भन्दै विभिन्न राजनीतिक दलहरु पक्ष र विपक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस