आज:  २०८२ बैशाख ११, बिहिबार | Thu, 24, Apr, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

महमुद आलम स्मृति क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको उद्घाटन

AuthorAP Khabar २०७५ भाद्र १, शुक्रबार ( ६ साल अघि) ६५२ पाठक संख्या

परवानिपुर :   युवा तथा खेलकुद मन्त्रि सत्यनारायण मण्डलले मधेष आन्दोलनले तराइ मधेषलाई आर्थिक रुपमा जर्जर बनाएको बताउनुभएको छ । बाराको परवानीपुरमा महमुद आलम स्मृति क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो ।
उहाले वर्तमान सरकारले मधेषमा विकासको लहर सृजना गरेको दावी गर्दै वर्तमान सरकारले अहिलेसम्मका सवै सरकारले भन्दा बढी प्राथमिकता मधेषलार्इृ दिएको बताउनुभयो । सविधानमा कसैका असहमति छन् भने छलफल गरेर वार्ताको माध्यमबाट हल गर्न सकिले बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै पुर्वयुवा तथा खेलकुद मन्त्रि पुरुषोतम पौडेलले खेलले सबैजाति र भावनालाई जोड्ने हुदा अ‍ेल क्षेत्रका विकासका लागि सबै लाग्नुपर्ने बताउनुभयो । उहाले आफू खेलकुद मन्त्रि भएका बेला खेलकुद क्षेत्रको वजेटमा वृद्धि गरेको दावी गर्नुभयो ।
उद्घाटन कार्यक्रमा बारा क्षेत्र नं ४ का नेजमा खातुन, पर्सा २ का सांसद विचारी यादव, एमाले केन्द्रिय सदस्य प्रल्हाद गिरी, बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुङगाना, एमाले २ नं प्रदेश सदस्य सुन्दर विक, एमाले बारका कार्यबाहक अध्यक्ष त्रिलोकी चौधरी, एमाले बाराका प्रशिक्षण विभाग प्रमुख मनोज पौडेल, एमाले बाराका सचिव अध्यानक पाणे, सहसचिव वतछ यादव, रवीन्द्रदास श्रेष्ठ, अमर यादव, भोविन आलम लगायतको उप्िसथिति रहेको थियो । ्
कार्यक्रम एमाले गाउ कमिटि अध्यक्ष गजेन्द्र पटेलको समापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन ्ईश्वर ढकालले तथा स्वागत रामक्षेत्री पटेलले गर्नुभएको थियो ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्रि मण्डलले ब्याटिङ्ग र पुर्वयुवा तथा खेलकुद मन्त्रि पौडेलले बौलिङ्ग गर्दै खेलको उदघाटन गर्नुभएको थियो । खेलमा सहभागी टिमलाइ प्रमुख अतिथी तथा अतिथीहरुले खेलका पोशाक समेत वितरण गर्नुभयो । क्रिकेट प्रतियोगितामा बारा क्षेत्र नं ४ का १० वटा क्रिकेट टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस