परवानिपुर : हमुद आलम स्मृति क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको सोमबार सम्पन्न खेलमा खुटवाले इनरवासिरालाइ २ रनले परजीत गरेको छ । परवानिपुरमा सोमबार भएको खेलमा खुटवाले प्रस्तुत गरेको ९२ रनको लक्ष्य इनरवासिराले भेटाउन नसक्दा खुटवाले खेल जीतेको हो । पानिका कारण निर्धारित समय भन्दा ढिलो शुरु भएको खेलमा टस जीतेर खुटवाले १५ ओभर खेल्दै ९ विकेटको क्षतिमा ९२ रन बनाउन सफल भएको थियो । यस अघि बलिङ्गमा राम्रो प्रदर्शन गर्न सफल भएको इनरवासिराले ब्याटिङ्गमा भने खासै राम्रो प्रदर्शन गर्न सकेन । खुट्वाले दिएको लक्ष्य पुरा गर्न मैदानमा आएका इनरवासिराले अन्तिम बलमा ४ रन बनाउन आवश्यक भएपनि १ रन मात्र लिए पछि खेल गुमाउनु परेको हो । खेलमा खुट्वाकोलागी २४ रन र २ विकेट लिने अंसारीलाइ मैन आफ दि मैच दिएको छ ।
प्रतिक्रिया दिनुहोस