आज:  २०८२ फागुन २, शनिबार | Sat, 14, Feb, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको जितपुरमा बसेको बैठकद्वारा नेपाल खेलकुद महासंघ क्षेत्र नं ४ को क्षेत्रिय कमिटि विस्तार

AuthorAP Khabar २०७५ भाद्र १, शुक्रबार ( ७ साल अघि) ७४५ पाठक संख्या

जीतपुर, २२ जेठ ः बाराको जितपुरमा बसेको बैठकले नेपाल खेलकुद महासंघ क्षेत्र नं ४ को क्षेत्रिय कमिटि विस्तार गरेको छ । बारा क्षेत्र नं ४ को क्षेत्रिय संयोजक मनोज कुमार साहको अध्यक्षतामा २५ सदस्य समिति विस्तार गरीएको हो ।
समितिको उपाध्यक्षमा बन्दिस कुमार सहनी, सचिवमा सुदर्शन प्रसाद काफ्ले, सहसचिवमा मञ्जु गैरे, कोषध्यक्षमा श्रृष्टि थापा रहेका छन् । त्यस्तै सदस्यहरुमा रामबहादुर यादब, एकरामुल हक अंसारी, मंगल देब मण्डल, बृजकिशोर चौधरी, असलम खान, समिउन हुसैन, नरेन्द्र चौधरी लगाएत रहेका छन् ।
यस क्षेत्रमा खेलकुदको विकास गर्न र युवालाइ खेलकुदमा अग्रसर गराउने उद्धेश्यले सो कमिटिको गठन गरीएको सचिव काफ्लेले जानकारी दिएका छन् ।
समितिले असार ३ र ४ गते जितपुरको गौसाला मैदानमा नेपालको राष्ट्रिय खेल कब्बडी प्रतियोगीताको आयोजना गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य देवनारायण चौधरी, जिल्ला कमिटि सदस्य सोहन शर्मा, क्षेत्र नं ४क्षेत्रिय कमिटि सदस्य रामक्षेत्रि पटेल, गढिमाइ नगर कमिटि सदस्य सिता उप्रेती, लक्ष्मी कान्त चौधरी, सुनिल साह लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस