आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल खेलकुद महासंघ क्षेत्र नं. ४ बाराद्वारा बधाइ तथा शुभकामना कायक्रम सम्पन्न

AuthorAP Khabar२०७५ भाद्र ८, शुक्रबार (५ साल अघि) ६१७ पाठक संख्या

जितपुर : नेकपा (एमाले) बाराको जिल्ला अध्यक्ष सुन्दर विकले आगामी दिनमा पार्टि र जनसंगठनलाइ ब्यवस्ति बनाउने कुरामा आफु प्रतिबद्व रहेको बताउनुभएको छ । । बाराको जितपुर स्थित डोजो मैदानमा शनिवार आयोजित नेकपा (एमाले) बाराको नव निवार्चीत पदाधीकारीहरुलाइ बधाइ ज्ञपान तथा शुभ दिपावली छठको शुभकामना अदान प्रदान कार्यक्रमलाइ सम्बोधन गर्दै उहांले सो कुरा बताउनुभएको हो ।
नेपाल खेलकुद महासंघ क्षेत्र नं. ४ का क्षेत्रीय कमिटीद्वारा आयोजित कार्यक्रममा बोल्दै विकले तिहार छठले सबैलाइ एक जुट भएर अगाडी बढ्ने प्रेरण प्रदान गरोस भन्ने कामना गर्दै नेपाल खेलकुद महासंघ एमालेको भातृ संगठन भएको र खेलकुद क्षेत्रलाइ ब्यवस्थित बनाउने यस संगठनको निर्माण गरीएको जुन अरु कुनै पार्टिमा नभएकोले बारा जिल्लामा खेलकुदको विकासका लागि आफ्नो भुमिका अहम रहने कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रममा नेकपा (एमाले) बाराका नव निर्वाचित अध्यक्ष विक, उपाध्यक्ष्ँ देवनारायण चौधरी, सचिव एम समिउल्लाह, कार्यसमिती सदस्य मनोज पौडेल, अमर यादब, धर्म देव यादव, विद्या महर्जन, लेखा समिती सदस्य नारायण धिमिरेलाइ माला र अबिर लागाएर स्वागत गरीएको थियो ।
नेपाल खेलकुद महासंघ क्षेत्र नं. ४ का क्षेत्रीय अध्यक्ष मनोज साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमालेका नव निवार्चित पदाधिकारीका साथै पुर्व कार्यसमिति सदस्य सोहन शर्मा, प्रेस चौतारी नेपाल बाराका अध्यक्ष दिवाकर भण्डारी, नेकपा (एमाले) नगर कामिटी सदस्य सीता देवि, शान्ति यूवा विकास मञ्चका लेखा संयोजक आत्माराम अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।
नेपाल खेलकुद महासंघ क्षेत्र नं. ४ का क्षेत्रीय कमिटिका सचिव सुदर्शन प्रसाद काफ्लेको सहजिकरणमा सम्पन्न कार्यक्रममा उपस्थित सबैले आउदै गरेको छठ तथा शुभ दिपावलिको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस