आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपालको एसिया कप खेल्ने सपना अधुरै

AuthorAP Khabar २०७५ भाद्र १९, मंगलबार ( ५ साल अघि) ५४१ पाठक संख्या

काठमाडौं, १९ भाद्र
एसिया कप छनोटको अन्तिम खेलमा नेपाल हङकङसँग ३ विकेटले पराजित भएको छ । यो हारसँगै एसिया कप खेल्ने सपना अधुरै रहृयो ।
हालै मात्र एकदिवसीय मान्यता पाएको नेपालले छनोट प्रतियोगिता जित्दै एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने लक्ष्य लिएको थियो । किनकी छनोटको विजेता एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा एमा पर्छ ।
तर, छनोट प्रतियोगितामा खराब प्रदर्शन गरेको नेपाल सुरुवाति दुई खेलमा ओमान र यूएईसँग र्हायो । त्यसपछि मलेसिया र सिंगापुरलाई हराएपछि अन्तिम खेलमा हङकङलाई ठूलो अन्तरले हराउने र अर्को खेलमा ओमानले यूएईले त्यसरी नै हराउने हो भने नेपाल शीर्ष दुईमा पर्दै छनोटको फाइनलमा पुग्ने सम्भावना थियो ।

क्वालालम्पुरको यूकेएम ओभलमा टस जितेर ब्याटिङ थालेको नेपालले निके खराब ब्याटिङ र्गयो र ३७.५ ओभरमा सबै विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । ९५ रनको झिनो लक्ष्य हङकङले ३३ औं ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा इशान खानले ७.५ ओभरमा १५ रन खर्चिएर ४ विकेट हात पारे भने मोहम्मद अजिज खान र तनवीर फैजलले २(२ विकेट लिए । यस्तै नेपालका सन्दीप लामिछान एक्लैले ५ विकेट लिएपनि टिमको हार टार्न सकेनन् ।
हङकङका अंशुमान रथ एक्लैले ५२ रन बनाए । ८२ बलको सामना गरेका उसले तीन चौका र एक छक्का हाने । किन्चित शाहले ११ रनको योगदान दिए ।

 

प्रतिक्रिया दिनुहोस