आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल माल्दिभ्ससँग ३-० ले पराजित

AuthorAP Khabar २०७५ भाद्र २७, बुधबार ( ५ साल अघि) ५०९ पाठक संख्या

काठमाडौं २७ भाद्र : माल्दिभ्ससँग ३-० ले पराजित हुँदै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।

माल्दिभ्ससँगको पराजयसँगै नेपालले फाइनल पुग्ने ऐतिहासिक मौका गुमाएको हो । नवौं मिनेटमा अक्रम अब्दुल घानीले गरेको फ्रीकिकबाट माल्दिभ्सले अग्रता लिएको थियो ।

त्यसपछि ८४ औं र ८६ औं मिनेटमा इब्राहिम हसन वाहिदले लगातार गोल गरेपछि नेपालको फाइनल पुग्ने मौका गुमेको हो । पहिलो हाफमा नै १-० ले पछि परे पनि नेपालले केही राम्रा अवसरहरु बनाएको थियो । बलमा राम्रो मुम बनाए पनि नेपालले पोस्टको दिशामा राम्रो प्रहार भने गर्न सकेन ।

२८ औं मिनेटमा ठूलो वर्षासँगै बिजुली चम्किएर केहीबेर खेल रोकिएको थियो । खेल पुनः सुरु भएपछि पहिलो हाफको बाँकी समयमा पनि नेपालले राम्रा मुभहरु बनाएको थियो ।

बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा भएको खेलको ६० औं मिनेटमा निराजन खड्काको स्थानमा नवयुग श्रेष्ठ र कप्तान भरत खवासको स्थानमा अञ्जन विष्ट मैदानमा छिरे ।

दुई जना खेलाडी परिर्वतन गरेपछि नेपालले आक्रामक खेल खेलेको थियो । तर गोल गर्न भने एकपछि अर्को अवसर पाए पनि चुक्यो । शुरुवाति अग्रता लिएपछि रक्षात्मक बनेको माल्दिभ्सले त्यसैको फाइदा लिँदै २ गोल थप्यो तर नेपालले नतिजा निकाल्न नसक्दा पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस