आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपालको यु–१९ क्रिकेट टिममा लगातार दोस्रो हार

AuthorAP Khabar२०७५ भाद्र २९, शुक्रबार (५ साल अघि) ६६० पाठक संख्या

काठमाडौं २९ भद्र : नेपालको यु–१९ क्रिकेट टिमले भारतमा जारी एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो हार व्यहोरेको छ । लखनउमा जारी यु–१९ एकदिवसीय क्रिकेट शृंखलाको दोस्रो खेलमा शुक्रबार नेपाललाई भारतको सोही उमेर समूहको ‘ए’ टिमले ८ विकेटले हराएको हो ।

नेपालको यु–१९ क्रिकेट टिमले भारतमा जारी एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो हार व्यहोरेको छ । खेलमा पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभर ५ बलमा अलआउट हुँदै १५६ रन बनाएको थियो । जवाफमा १५७ रनको सामान्य चुनौती भारतीय टोलीले २४ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

खेलमा पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभर ५ बलमा अलआउट हुँदै १५६ रन बनाएको थियो । नेपालका सन्दीप जोराले ६६ रन जोड्दा तृतराज दासले ४६ रनको योगदान गरे । जवाफमा १५७ रनको सामान्य चुनौती भारतीय टोलीले २४ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

भारतको जितमा वाइभी राठोदले अविजित ५९ रन तथा प्रभसीरमण सिंहले अविजित ४६ रन जोडे । अनुज रावतले ४७ रनको योगदान गरे । यो हारसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना कमजोर भएको छ । समूहको अन्तिम खेलमा नेपालले अफगानिस्तानको सामना गर्नेछ ।

यसअघि, नेपाल पहिलो खेलमा बिहीबार भारतको यु–१९ ‘बी’ टिमसँग ४० रनले पराजित भएको थियो । भारतीय क्रिकेट बोर्ड ९बीसीसीआइ०को आयोजनामा जारी यु–१९ एकदिवसीय क्रिकेट शृंखलामा भारतका दुई तथा नेपाल र अफगानिस्तानका एकरएक गरी चार टिम सहभागी छन् ।(इमेज खबर)

प्रतिक्रिया दिनुहोस