आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा ग्रासरुट कार्यक्रमको पूर्व अभ्यास शुरु

AuthorAP Khabar२०७५ भाद्र ३०, शनिबार (५ साल अघि) ४८० पाठक संख्या

सिमरा ३० भाद्र :  नेपाली फुटबलको बिकासका लागी अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय निति अनुसार ग्रासरुट कार्यक्रम अन्तर्गत बारामा शनिवारबाट पूर्व अभ्यास शुरु भएको छ । बारा जिल्ला फुटबल संघको आयोजनामा जिल्लामा रहेका बिभिन्न बिद्यालयका ८ बर्षदेखी १३ बर्षसम्मका बालबालीकाकोे अभ्यास शनिवारबाट सिमरा रंगशालामा शुरु गरीएको हो ।
अभ्यास कार्यक्रमको शनिबार बिहान सिमरा रंगशालामा एक कार्यक्रमका बिच केन्द्रिय रेफ्रि संघका अध्यक्ष गजेन्द्रमान सिङले उद्घाटन गर्नुभयो । प्रमुख अतिथि समेत रहनुभएका सिङले कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली फुटबललाई जरादेखी नै बलीयो बनाउँदै लैजाने र बिद्यालय स्तरबाटै प्रशिक्षणसहितको अभ्यास शुरु गरी प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले एन्फाले यस्तो अवधारण ल्याएको बताउनुभयो ।

बारा जिल्ला फुटबल संघको आयोजनामा जिल्लामा रहेका बिभिन्न बिद्यालयका ८ बर्षदेखी १३ बर्षसम्मका बालबालीकाकोे अभ्यास शनिवारबाट सिमरा रंगशालामा शुरु गरीएको हो ।

उहाँले आजैबाट देशका बिभिन्न ४५ जिल्लामा एकै उमेरसमुहका बालबालीकाहरुलाई एकै समयमा खेलाएर कार्यक्रमको सभ्यताका साथ उद्घाटन गरीएको बताउनुभयो । यस कार्यक्रम अन्तर्गत बिद्यालयदेखी क्षेत्र हुँदै राष्ट्रिय प्रतियोगीता हुने समेत सिङले जानकारी दिनुभयो ।
बारा आफैमा फुटबलको हब भएको भन्दै केन्द्रिय रेफ्रि संघका अध्यक्ष सिङले ग्रासरुटमार्फत बाराबाट राष्ट्रले चाहेजस्तो खेलाडी उत्पादन हुने अपेक्षा आफुले लिएको र आजै बालबालीकाको सहभागीताले आफुलाई बिश्वस्त बनाएको बनाउनुभयो ।
त्यसैगरी जिल्लाको ग्रासरुट कार्यक्रमका संयोजक एवं बारा जिल्ला फुटबल संघका बरिष्ठ उपाध्यक्ष रामचन्द्र लामाले आफ्ना सन्तानको प्रतिभा बुझेर ग्रसारुटका लागी बालबालीका उपलब्ध गराएको भन्दै अभिभावाकहरुलाई धन्यबाद दिनुभयो । त्यस्तै अपेक्षा गरेअनुरुप बिद्यार्थीहरुको समय र बातावरण मिलाएर कार्यक्रमसँग सहकार्य गरेको भन्दै बिद्यालयहरुप्रति समेत आभार प्रकट गर्नुभयो ।
बिद्यार्थीहरुलाई फुटबलका बारा जिल्ला प्रशिक्षक कृष्णमणी चौधरीले प्रशिक्षणसहित अभ्यास गराउनुहुनेछ । कार्यक्रको अनुगमनका लागी एन्फाले बारामा मनोज भट्टराईलाई खटाएको कार्यक्रम संयोजक लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस