आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल आएका विदेशी खेलाडीको फाइल रोक्का

AuthorAP Khabar २०७५ आश्विन १५, सोमबार ( ५ साल अघि) ५०१ पाठक संख्या

काठमाडौं, १५ असोज :  युवा तथा खेलकुद मन्त्रालयले ए डिभिजन लिग खेल्नका लागि नेपाल आएका विदेशी खेलाडीको फाइल रोकेको छ । श्रम स्वीकृतिका लागि करिब २५ जना खेलाडीको फाइल मन्त्रालयमा पेस गरिएको छ । तर मन्त्रालयले नेपाली खेलाडीलाई प्राथमिकता दिनुपर्ने भन्दै फइल रोकेको हो ।

तर यसअघि नै सम्झौता र श्रम स्वीकृति पाइसकेका विदेशी खेलाडीले भने लिग खेल्न पाउनेछन् । अहिले संकटा र थ्रीस्टारमा मात्र विदेशी खेलाडी खेलिरहेका छन् । यी दुई क्लबले गएको पुसमा नै खेलाडीको श्रम स्वीकृति लिएका थिए ।

अहिले मन्त्रालयमा ब्रिगेड ब्वाइज क्लब, जावलाखेल युथ क्लब, न्यूरोड टिम एनआरटी, फ्रेण्डस्, हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दी क्लबका खेलाडीको फाइल रोकिएको छ । मच्छिन्द्र क्लब, च्यासल युवा क्लब र सरस्वती क्लबले पनि विदेशी खेलाडीको प्रकृया अघि बढाइरहेका छन् । यता क्लबहरुले भने विदेशी खेलाडी अनुबन्धको प्रकृया अघि बढाउन पहल गरिदिन एन्फालाई आग्रह गरिरहेका छन् ।

विदेशी खेलाडीलाई नखेलाइएमा क्लबहरुमा ठूलो आर्थिक भार पर्ने हुँदा यो विषयलाई चाँडो टुंगो लगाउनु पर्ने क्लबको आग्रह छ । क्लबहरुले विदेशी खेलाडीलाई नेपाल बोलाउँदा विभिन्न सुविधा दिने सर्त राखेका हुन्छन् । खाने बस्ने, सरकारलाई तिर्नुपर्ने कर र अन्य प्रकृयागत खर्चसहित उनीहरुलाई घर फर्किने टिकट समेत ब्यहोर्नु पर्दछ ।

तर विदेशी खेलाडीलाई खेल्न नदिने मन्त्रालयको यो कदमले क्लबहरुको लगानी ब्यर्थ हुनेछ । उनीहरु खेल्न नपाउने हो भने पनि यी सबै सर्तहरु क्लबले पालना गर्नु पर्नेछ । खेलाडी अनुबन्ध हुन नसकेको खण्डमा पनि क्लबले अध्यागमन विभाग, सेवा शुल्क, खान बस्न, भिषा शुल्क र फर्किने टिकट ब्यहोर्नु पर्ने हुन्छ । (उज्यालो अनलाईन)

प्रतिक्रिया दिनुहोस