आज:  २०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

न्यु सुन्दरबस्ती युवा क्लबको आयोजनामा वडाध्यक्ष कप फुटबल हुदै

सुप्रिया ढकाल २०७८ भाद्र २९, मंगलबार (२ साल अघि) ४३७ पाठक संख्या

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा वडा अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । न्यु सुन्दरबस्ती युवा क्लबको आयोजनामा असोज २ गतेदेखि वडा अध्यक्ष कप फुटबल प्रतियोगिता हुन लागेको हो ।

 

क्लबले पत्रकार सम्मेलन आयोजना गरि प्रतियोगिताबारे जानकारी गराएको हो । पत्रकार सम्मेलमा बोल्दै क्लबका अध्यक्ष रबिन्द्र कुमार गुरुङले सुन्दरबस्ती खेल मैदानमा हुने प्रतियोगिता असोज २५ गतेसम्म चल्ने बताउनुभयो । प्रतियोगितामा २४ वटा वडाका २४ टिमले सहभागिता जनाउने उहाले बताउनुभयो ।

 

प्रतियोगिताको बिजेतालाई ५० हजार र उप बिजेतालाई २५ हजार नगद पुरस्कारको ब्यवस्था गरिएको उहाले बताउनुभयो । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ हजार नगद प्रदान गरिनेछ ।

 

पत्रकार सम्मेलमा बोल्दै वडा नम्बर १५ का वडा अध्यक्ष रामप्रसाद लामिछानेले वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । खेल क्षेत्रको विकासका निम्ति युवाहरुले देखाएको अग्रसरताको प्रशंसा गर्दै उहाले वडा स्तरबाट सक्दो सहयोग हुने प्रतिवद्धता जनाउनुभयो ।

 

पत्रकार सम्मेलनमा कार्यपालिका सदस्य राजकुमार राम, वडा सदस्य मनमाया घले, वडा सदस्य सुमित्रा नेपाली, वडा सचिव प्रदिप रेग्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस