आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल नामिबियासँग २० रनले पराजित

एपी खबर २०८० फागुन १५, मंगलबार ( ५ महिना अघि) १३५ पाठक संख्या

काठमाडौँ- त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग पराजय भोगेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले नामिबियासँग २० रनको पराजय भोगेको हो ।जितका लागि २ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ८६ रनमात्र बनाउन सक्यो ।

 

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४८ रन, कप्तान रोहित पौडेलले ४२ रन तथा कुशल मल्लले ३२ रन बनाए ।नामिबियाका रुवेन ट्रम्पलमेनले सर्वाधिक ४ तथा बर्नार्ड स्कोल्ज, जान फ्रायलिन्क र जान निकोलले समान २-२ विकेट हात पारे ।यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ६ रन बनायो ।नामिबियाका लागि जान निकोलले ३६ बलमा ११ चौका र ८ छक्काको मदतमा १ सय १ रन बनाए । टी-ट्वान्टी अन्तर्राष्ट्रियमा निकोलको यो पहिलो शतक पनि हो । नामिबियाका लागि टी-ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यू गरेका मलान क्रुगरले ५९ रन जोडे । माइकल भान लिन्गेनले २० रनको योगदान गरे । नेपालका लागि कप्तान रोहित पौडेलले २ तथा अविनाश बोहरा र करण केसीले १-१ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस