आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आयरल्यान्ड र भारतसँग टी–२० सिरिज खेल्न पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा

एपी खबर २०८० चैत्र ७, बुधबार (१ महिना अघि) ८२ पाठक संख्या

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी दुई टी–२० सिरिज खेल्ने लागी नेपाली टोलीको घोषणा गरेको छ । क्यानले बुधबार आयरल्यान्ड र भारतमा हुने टी–२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरेको हो । रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको क्यानले जनाएको छ । नेपालले आयरल्यान्ड ‘ए’ टीमसँग चैत ११ र १२ गते खेल्नेछ । त्यसैगरी भारतका प्रादेशिक टीम गुजरात र बरोडासँग चैत १७ गतेदेखि त्रिकोणात्मक सिरिज खेल्नेछ । नेपालले पहिलो खेल चैत १८ गुजरातसँग खेल्नेछ ।

 

दोस्रो खेल चैत्र २० मा बरोडासँग खेल्नेछ । चैत्र २१ गुजरातसँग खेल्नेछ । त्यस्तै सिरिजको अन्तिम खेल चैत्र २३ मा बरोडासँग खेल्नेछ । फाइनल चैत्र २५ हुनेछ । सिरिजमा शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । घोषणा गरिएको नेपालको टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी, अभिनाश बोहरा र आकाश चन्द रहेका छन् ।

प्रतिक्रिया दिनुहोस