एपी खबर
जीतपुर, चैत्र २३ : जीतपुरसिमरा उपमहानगरपालिका ६ नगौलमा भएको फुटबल प्रतियोेगीताको पहिलो खेलमा आयोजक टिम सहयात्री युवा क्लब नगौल १–० ले जीत निकालेको छ । शनिवारबाट शुरु भएको प्रतियोगीताको पहिलो खेलमा न्यु नेपाल यूथ क्लब दशविगहालाई पराजीत गर्दै सहयात्री युवा क्लब विजयी भएको हो ।
चैत्र २३ गतेबाट सुरु भएको प्रतियोगीतालाई जीतपुरसिमराका समाजसेवि एवम नेकपाका नेता देवनारायण चौधरीले खेलाडीहरुलाई बल हस्तान्तरण गरेर उद्घाटन गर्नुभएको थियो । बैशाख ८ गतेसम्म संचालन हुने प्रतियोगीतामा स्थानिय १६ ओटा टिमको सहभागीता रहेको छ ।
आयोजक क्लब सहयात्री युवा क्लबका अध्यक्ष कमरुलहोदा अंसारीको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका ६ का वडा अध्यक्ष कैमुदिन अंसारीको विशिष्ठ आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस