अखिलेश कुमार यादव
रौतहट, २४ जेठ ।जिल्ला प्रहरी कार्यालय रौतहटमा नयाँ प्रहरी उपरीक्षक खत्री आउने बितिकै प्रहरीले आफ्नो सक्रियता बढाएको ले गर्दा तस्करहरु मार्कामा परेका छन् ।
रौतहट जिल्लाको सदरमुकाम गौरबाट बिहिवार राति प्रहरी लागू औषध १२ किलो गाँजा सहित २ जना भारतीय र २ जना नेपाली सहित ४ जनालाई पक्राउ गरेको छ ।
बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट गौरबाट प्रहरी निरिक्षक पपु नायकको कमाण्डमा खटिएको प्रहरी टोलीले गौर नगरपालिका वडा नं ४ बकैया नदीको बाँध सडकमा राती अंन्दाजी ८ बजेको समयमा नेपालबाट भारत तर्फ विआर ५५ ए २२४२ को मोटर साईकलमा सवार भई जानेलाई चेक जाँच गर्दा बोरामा राखेको १० किलो गाँजा बरामद गरेको हो ।
प्रहरीले गाँजासंगै भारत जिल्ला शिवहर थाना पिप्राडी ग्राम बेलवा नरकटिया वडा नं १ शंकर रायको छोरा बर्ष २२ को बिजय राय , भारत कै सोहि स्थानका रामसेवक सहनीको छोरी आमोद सहनी रहेका छन् ।
यस्तै लागु औषध गाँजा विक्री गर्ने जिल्ला रौतहट यमुनामाई गाँउपालिका वडा नं ४ सरुअठा टोल बस्ने रमेश कुमार साह र ईनरजित साह समेतलाई निजहरुको घरबाट २ केजी लागु औषध गाँजा सहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका रमेश कुमार साह, आमोद सहनी, बिजय राय र ईनरजित साहलाई जम्मा लागु औषध गाँजा १२ किलो सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रौतहट गौर ल्याई थप अनुसन्धान कार्य अगाडी बढाईएको प्रहरी उपरीक्षक भुपेन्द्र बहादुर खत्रीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस