आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मन्त्री भट्टराईले भने–‘धर्म र पापको ख्याल गर्नोस्’

AuthorAP Khabar२०७६ भाद्र १२, बिहिबार (४ साल अघि) २३० पाठक संख्या

भाद्र , १२ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष सफल बनाउनु अहिलेको चुनौती रहेको बताएका छन् ।बिहीबार चितवनको भरतपुर विमानस्थलमा सन्चारकर्मीहरुसित कुरा गर्दै मन्त्री भट्टराईले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउन चुनौती रहेको तर त्यो पूरा गर्न सकिने बताए ।

उनले अहिले वार्षिक करिब १५ लाख पर्यटक नेपाल आइरहेकाले पाँच लाख पर्यटकको संख्या वृद्धि गर्नुपर्ने भएको भन्दै पूर्वाधार निर्माण र प्रचार–प्रसारमा जोड दिएर लक्ष्य पूरा गर्न सकिने दाबी गरे ।अर्काे एक प्रसंगमा मन्त्री भट्टराईले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई भाडादरमा ५० प्रतिशत छुट दिने विषयमा निजी विमान कम्पनीहरुले आनाकानी गर्न नहुने बताए ।

विमान कम्पनीहरुले नै सामाजिक उत्तरदायित्वअन्तर्गत् यो घोषणा गर्ने अपेक्षा आफूले गरेको बताउँदै उनले धर्म र पापको पनि ख्याल गर्न आग्रह गरे ।उनले ज्येष्ठ नागरिकलाई सम्मान गर्नु राज्य र निजी क्षेत्र सबैको दायित्व भएकामा जोड दिए ।
ईमेजखबर ;

प्रतिक्रिया दिनुहोस