पौष ०२ काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटि बैठक आज (बुधवार) पनि बस्ने भएको छ । ११ बजेका लागि बोलाइएको बैठकमा नेताहरुले बोल्ने क्रम बाँकी नै छ ।
मंगलबारको बैठकमा नेताहरुले ४ गते संसद आह्वान भएको भन्दै सभामुख चयन प्रक्रिया चाँडो टुंग्याउनुपर्नेमा जोड दिएका थिए ।
बैठकमा नेताहरुले पार्टीभित्र देखिएका गुट तथा उपगुटहरु अन्त्य गरी केन्द्रीय कमिटि बैठकसम्म सबै एकरुपताका साथ अघि बढ्नुपर्ने धारणा राखेका छन् ।
अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधनमाथि स्थायी समिति सदस्यहरुले आलोचनात्मक टिप्पणी गरेका छन् ।
बैठकमा उठेका कतिपय विषयमा भने बैठकपछि पनि छलफल गर्न सकिने नेताहरुको धारणा छ ।
मंगलबारको बैठकमा २ जना आमन्त्रित सदस्यसहित १४ जनाले आफ्नो विचार राखेका थिए बाँकीले आज (बुधबार) बस्ने बैठकमा आ-आफ्ना धारणा प्रस्तुत गर्नुहुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस