आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपाको उपाध्यक्षमा बामदेव गौतम मनोनित

AuthorAP Khabar२०७६ माघ १९, आईतबार (४ साल अघि) ५१९ पाठक संख्या

माघ १९ काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा सचिवालय सदस्य वामदेव गौतम पार्टी उपाध्यक्षमा मनोनित हुनुभएको छ ।

केन्द्रीय कमिटी बैठकबाट बिधान संशोधन र संगठनात्मक प्रस्ताव पारित भएसँगै गौतम वैधानिक रुपमा पार्टी उपाध्यक्ष हुनुभएको हो ।

गौतमलाई यसअघि नै उपाध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय सचिवालय बैठकले गरेको थियो । विधानमा संशोधन गर्नुपर्ने भएकाले केन्द्रीय कमिटी बैठकबाट वैधानिक प्रक्रिया पुरा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस