काठमाडौं , माघ २ : बिरामीको उपचारको क्रममा मृत्यु भएपछि अस्पताल क्षेत्र तनावग्रस्त भएको छ ।
राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार गराउन गएका छिन्नमस्ता गाउँपालिका–६ का ४० वर्षीय सहदेव सदाको मृत्यु भएपछि अस्पताल क्षेत्रमा तनाव बढेकाे हाे ।
उपचारको क्रममा चिकित्सककाे लापरवाहीले सदाको मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा विरोध गरेका छन् । सदा चिसोको कारण बिरामी भएपछि अस्पताल भर्ना भएका थिए ।
जनता समाचार
प्रतिक्रिया दिनुहोस