राजविराज , माघ ५ : सप्तरीको कंचनरुप नगरपालिका ११ सिमरा गोरपारमा आज विहान जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्युु भएको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट विहान २ बजे गाउँ पसेका हात्तीको आक्रमणबाट ५३ वर्षीया कोशिलावति मण्डलको मृत्यु भएको हो।
सुतेको अवस्थामा घरमै पसेर हात्तीले कुल्चेका कारण महिलाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कंचनरुपले जनाएको छ। घटना बारे थप अनुसन्धान भईरहेको छ ।
जनता समाचार
प्रतिक्रिया दिनुहोस