आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

युवा नेता कुशवहा द्वारा दलित बालबालिकालाई ज्याकेट बितरण

AuthorAP Khabar२०७५ माघ ८, मंगलबार (५ साल अघि) ४२० पाठक संख्या

बारा, माघ ८ : बारा जिल्लाको चर्चित नेकपाको युवा नेता उमेश  कुशवाहाले बारा जिल्लाको प्रसौनी गाउँ पालिका वाडा न ५ मा रहेको दलित बस्ति , फेटा गाउँ पालिका वाडा न १ रजवटियामा रहेको दलित बस्ति र बीसरामपुर गाउँ पालिका वाडा न ५ को दलित बस्ति का २००  दलित बालबलिका लाई ज्याकेट  बितरण गरेको छ।

प्रदेश तर्फ उम्मेदवारी दिएको युवा नेता चुनाव हारे तापनी आफुले चुनावको समयमा जनता सग गरेको वाचा पूरा गर्दै छ।युवा नेता कुशवाहाले लगातार आफ्नो प्रयासमा बारा जिल्लाको दलित बस्तिमा रहेको बालबालिकालाई बिधयालय जान बाट बन्चित रहेको कुरा सुन्दा आज बारा जिल्लाको विभिन्न गाउँपालिकाको वार्डहरुमा २०० न्यानो कपडा बितरन गरेको छ।

लगातार युवा नेता कुशवाहाले दलित बस्तिको बालबालिकालाई बिधयालय जान बाट बन्चित रहेको सबै बिद्यार्थीलाई विभिन्न समाग्री बितरन गरेको छ।

उक्त ज्याकेट बितरन समारोहमा नेता  कुशवाहले दलित बालबालिकाहरुलाइ सधै बिधयालय जानको लागि अनुरोध समेत गरेको छ।आफ्नो तर्फ बाट अगामी दिनमा पनि दलित बस्तिका बालबालिकालाइ सहयोग गर्ने अपेक्षा ब्यक्त गर्नु भयो।

प्रतिक्रिया दिनुहोस