आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

३० लाखको लागतमा बकुलियामा ब्यवसायीक बाख्रा फर्म शुरु ।

प्रिती कुमारी, जीतपुर २०७७ श्रावण १२, सोमबार (३ साल अघि) ५९१ पाठक संख्या

समिश्रण कृषि सहकारी संस्था लि. बकुलियाले करिब ३० लाखको लागतमा ब्यवसायीक बाख्रा पालन शुरु गरेको छ । आफ्ना शेयर सदस्यको आयआर्जनमा सुधार ल्याउने उद्धेश्य सहित यो ब्यवसाय संचालनमा ल्याउन लागीएको हो ।

कृषि क्षेत्रमा कार्य गर्दै आएको यस समिश्रण कृषि सहकारीले करिब ५ सय बाख्रा पाल्ने तैयारी सहित ३० लाखको लागतमा बाख्रा फर्म संचालनमा ल्याउन लागेको संस्थाका अध्यक्ष प्रमोद चौधरीले जानकारी दिनुभएको छ ।

उहाँले राष्ट्रिय सहकारी बैँक र सहकारीमा रहेका सदस्यको बचतबाट लगानी गरी यो फर्म संचालनमा ल्याउन लागिएको जानकारी दिनुभयो ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ बकुलियामा रहेको यस कृषि सहकारी संस्थाले बिगत ८ वर्षदेखि कृषि क्षेत्रमा विभिन्न कार्य गर्दै आएको छ ।

बन्दिपुरको बाख्रा पालनमा प्रभावित भै आफ्नो यस सहकारीबाट पनि यो ब्यवसाय शुरु गर्ने सोच बनेको र हाल आएर यसलाई पुरा गर्न तफ लागिएको सस्थाका सचिव रमेश प्रसाद चौधरीले बताउनुभयो ।

उहाँले प्रदेश नम्बर २ कै नमुना बाख्रा पालन फर्मको रुपमा स्थापित गर्ने लक्ष्य सहित फर्मको निर्माण कार्य भैरहेको जानकारी दिनुभयो । यस ब्यवससायबाट करिब १० जना शेयर सदस्यलाई स्वराजगार बनाउन लक्ष्य रहेको र हाल ४ जना शेयर सदस्य यहि काम गरीरहेको जानकारी दिनुभयो । उहाँले यस फर्ममा बोयर जातको बाखा्र पालन गर्ने बताउनुभयो ।

बास ब्यवस्थापनका लागि २ तल्ले फर्म निर्माणका साथै राम्रो नसल उत्पादनका लागि यस सहकारीले सिन्धुलिको मुलकोटबाट बोयर जातको बोका समेत खरिद गरीसकेको छ । यता आहार ब्यवस्थापनको लागि उन्नत प्रजातीको सुपर नेपीयर, सुडान, वरसिम र स्टाईलो जस्ता घासको खेती समेत गरेको संस्थाका सचिव चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस