आज:  २०८१ अषाढ ३२, सोमबार | Mon, 15, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाली बजारमा सुनचाँदीको मुल्य घट्यो,कतिमा भईरहेको छ कारोबार?

एपी खबर २०८१ बैशाख ११, मंगलबार ( २ महिना अघि) ११७ पाठक संख्या

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २७ सयले घटेर १ लाख ३५ हजार ५०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

यसअघि सोमबार छापावाल सुन तोलाको एक लाख ३८ हजार २ सयमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३७ हजार ५५० मा कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला १६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि सोमबार चाँदी तोलाको १७ सय ५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस