आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बुधबार सुनको मूल्य प्रतितोला एक हजार २ सय रुपैयाँको दरले घट्यो

एपी खबर २०७७ आश्विन ७, बुधबार (३ साल अघि) ५२२ पाठक संख्या

काठमाडौँ; सोमबारको तुलनामा मंगलबार १७ सयले घटेको सुनको मूल्य आज (बुधबार) पनि घटेको छ । बुधबार सुनको मूल्य प्रतितोला एक हजार २ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि मंगलबार सुन प्रतितोला ९५ हजार ५ सय रुपेयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि प्रतितोला ४० रुपेयाँले महासंघले जनाएको छ । मंगलबार एक हजार २३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार एक हजार १९० रुपैयाँ निर्धारण भएको हो ।

प्रतिक्रिया दिनुहोस