आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको भाउ एकैदिनमा ६ सय रुपैयाले घट्यो, यस्तो छ सुनको भाउ घट्नुको कारण

एपी खबर २०७८ आश्विन ८, शुक्रबार (२ साल अघि) ५१० पाठक संख्या

बारा । नेपाली बजारमा आज सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघअनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ रहेको छ । बिहीबार ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै‚ आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० कायम गरिएको छ । बिहीबार प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको मूल्य बिहीबारका तुलनामा शुक्रबार प्रतितोला पाँच रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भएकामा शुक्रबार एक हजार १६० रुपैयाँ तोकिएको हो ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔँस एक हजार ७५१ दशमलव ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । जुन समय समयमा परिवर्तन भइरहन्छ ।

 

प्रतिक्रिया दिनुहोस