आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

महोत्तरीको मटिहानी आगलागी पिडितलाई प्रदेश सरकारले घर बनाईदिने: मुख्यमन्त्री यादव

एपी खबर २०८१ बैशाख १४, शुक्रबार (१ हप्ता अघि) १४८ पाठक संख्या

बारा : महोत्तरीको मटिहानी नगरपालिका-६ स्थित जरलहवा गाछीमा भीषण आगलागीमा परेर घरवार बिहिन बनेकोहरुलाई मधेश प्रदेश सरकारले घर बनाईदिने भएको छ । शुक्रबार तराई यातायात व्यवसायी संघको १७ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बुधवार जरलहवा गाछीमा भएको भिषण आगलागीमा परेर घरवार बिहिन भएकाहरुलाई मधेश प्रदेश सरकारले नयाँ घर बनाएर हस्तान्तरण गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

 

 

बुधवार मटिहानी नगरपालिका-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी हुदाँ १५० भन्दा बढी घर जलेर नष्ट भएको थियो ।त्यस्तै अर्को प्रसङ्गमा बोल्दै मुख्यमन्त्री यादवले बाराको पथलैया बाट श्रावन देखि रुट परमिट जांच र नबिकरण लगाएतको सेवा सुरु हुने बताउनु भयो ।तराई यातायात व्यवसायी संघको १७ औं साधारण सभा शुक्रबार सिमरा स्थित होटेल क्लासिक प्लाजामा सम्पन्न भएको छ ।

 

 

तराई यातायात व्यवसायी संघका अध्यक्ष ओमकृष्ण कार्कीको सभाध्यक्षतामा सुरु भएको कार्यक्रममा संघीय सांसद किसान श्रेष्ठ,अच्युत मैनाली, मधेश प्रदेशको यातयात मन्त्री बेची लुइङ्गेल,मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोला प्रसाद अधिकारि लगाएतले शुभकामना मन्तब्य राखेको थियो ।

 

 

तराई यातायात व्यवसायी संघको १७ औं बार्षिक साधारण सभामा बोल्दै ट्रक यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठले भारतीय गाडीको बिगबिगिको कारण नेपालका यातयात व्यवसायीहरु समस्यामा परेको बताउनु भयो ।ट्राफिकले बेलाबेलामा अनावश्यक दुख दिने गरेको कारण अहिले यातयात व्यवसायीहरु झन् संकटमा परेको र यस्ता समस्यालाई समाधान गर्नको लागि संघीय सांसद र मधेश प्रदेशका मुख्यमन्त्रीको ध्यानआकर्षण हुनु आवश्यक रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो।

 

 

देशभित्र मालसामान ओसारपसार तथा राष्ट्रिय गौरवका आयोजनादेखि सामान्य निर्माणसम्ममा ढुवानीका लागि प्रयोग हुँदै आएका ट्रक व्यवसायी अहिले भारतीय ट्रकले समस्या पारेको छ ।तराई यातयात व्यवसायी संघको १७ औं साधारण सभामा संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस