आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जितपुरसिमरामा रहेका सामुदायीक बन उपभोक्ता समुहले विद्यान र कार्ययोजना अनुसार कम गरेका छन् : अमृतलाल श्रेष्ठ

एपी खबर २०८१ बैशाख २२, शनिबार (१ हप्ता अघि) २०४ पाठक संख्या

जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले पर्सा राष्ट्रिय निकुञ्ज जनहित उपभोक्ता समिति अन्तरगत रहेका सामुदायीक बन उपभोक्ता समुहले विद्यान र कार्ययोजना अनुसार कम गरेको बताउनुभएको छ । भिमेश्वर मध्यवर्ती सामुदायीक बन उपभोक्ता समुहको १६ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

 

पर्सा राष्ट्रिय निकुञ्ज जनहित उपभोक्ता समिति अन्तरगत रहेका चार ओटा सामुदायीक बन उपभोक्ता समुहले विगत तिन वर्षदेखि आफ्नो उपभोक्तालाई काम वितरण गर्न नसकेको बताउदै वर्तमान समयमा निकुञ्जको सहकार्यमा रहेर चार ओटै समुहले काम कटान र वितरण कार्यलाई नियम संगत रुपमा अगाड िबढाउने बताउनुभएको हो ।

संरक्षण कार्यमा यस क्षेत्रका उपभोक्ताहरु सधै अग्र सथानमा रहेकै कारण यस भेगको बन हरियो देखिएको र बनमा जनावरको संख्या समेत बढेका उपभोक्तालाई संरक्षण मात्र गर्न लगाउन र काठ उपभोग गर्न नदिदाँ निराशा आएको प्रति श्रेष्ठले चिन्ता समेत ब्यक्त गर्नुभएको हो । साथै उहाँले ३ वर्ष पश्चात निकुञ्जले उपभोक्तालाइृ काठ उपलब्ध गराउने बाटो खोले जानकार दिदैँ यस कार्यमा सबैलाई सकारात्मक सहजिकरण गर्न आग्रह समेत गर्नुभएको छ ।

 

पर्सा राष्ट्रिय निकुञ्ज आधाभारका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न संसथाका सस्सथापक अध्यक्ष रामदास धौजु, राधाकृष्ण सामुदायीक बन उपभोक्ता समुहका अध्यक्ष सत्ये श्रेष्ठ, जनकल्याण मध्यवर्ती साकोसका अध्यक्ष कमला घिमिरे लगाएतले संरक्षण र उपभोक्ताको बिचको सम्बन्धका बारेमा आ आफ्नो भनाई राख्नुभएको थियो ।

 

संस्थाका अध्यक्ष पेशल कुमार मुल्मिको सभाअध्यक्षतामा सम्पन्न कर्याक्रममा संस्थाका सचिव सुमन थापाले कर्याक्रमलाई सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष र कोषाअध्यक्षले पेशको प्रतिवेदन सर्वसहमतलिे पास भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस