आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रथम अमलेखगंज चकरी स्तरीय सितोरियो प्रतियोगिता सम्पन्न

एपी खबर २०८१ बैशाख २३, आईतबार (१ हप्ता अघि) ६८ पाठक संख्या

बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगंजमा प्रथम अमलेखगञ्ज चकरी स्तरीय सितोरियो प्रतियोगिता सम्पन्न भएको छ । नेपाल मधेसी उत्थान उत्थान समाज र नेपाल सितोरियो कराते डो सघको आयोजनामा यो प्रतियोगीता सम्पन्न भएको हो ।

बालबालिका लाई खेल प्रतिको आकर्षण बढाउन र खेल खेल्दै आएका खेलाडीहरुको बृद्धिविकासलाई ध्यानमा राखेर यो खेलको आयोजना गरीएको आयोजकले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ का वडा अध्यक्ष सुवास श्रेष्ठले खेलको विकासका लागि यो वडा सधै तैयार रहेको बताउनुभयो ।


नेपाल मधेसी उत्थान समाजका अध्यक्ष सुनिल शाहको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा तत्कालीन अमलेशगञ्ज गाविसका पूर्व अध्यक्ष भरतबहादुर घले, करातेका प्रशिक्षक हेमलाल श्रेष्ठ, सानु पटेल, मनकामना साकोसका उपाध्यक्ष विशाल साह ( अनिल) लगाएत विभिन्न संघसस्थाका प्रतिनिधीहरुले कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस