आज:  २०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै महँगो

AuthorAP Khabar२०८० चैत्र २२, बिहिबार (३ हप्ता अघि) ७३ पाठक संख्या

काठमाडौं । नेपाली बजारमा सुनको भाउले आज नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले सुनको भाउ बढेको छ ।बिहिबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ३४ हजार रुपैयाँ कायम भएको छ ।

 

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३३ हजार ३५० रुपैयाँ निर्धारण भएको छ । यसअघि बुधबार (चैत १९ गते) पनि सुनको मुल्यमा रेकर्ड कामय भएको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ प्रतितोला १ लाख ३२ हजार ३५० रुपैयाँ निर्धारण भएको थियो । आज चाँदी पनि प्रतितोला ४० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य १६ सय ५० रुपैयाँ कारोबार भइरहेको छ । बुधबार चाँदीको भाउ प्रतितोला १६ सय १० रुपैयाँ कायम रहेको थियो ।

प्रतिक्रिया दिनुहोस